16 Nov 2019   |   
logo
खेलकुद / मनोरञ्जन

भलिबलको उपाधी १ नम्बर वडालाई



खेलकुद / मनोरञ्जन   100 पटक पढिएको   समाज संवाददाता   २०७६ कार्तिक १५ शुक्रवार  
थाहाः मकवानपुरको थाहा नगरपालिकामा आयोजित तेस्रो विनयबाबु बस्नेत स्मृति जिल्लास्तरीय रनिङशिल्ड भलिबल प्रतियोगिताको उपाधि १ नम्बर वडा प्रतिनिधि टिम थाहा नगरले जितेको छ । फाइनल खेलमा १ नम्बर वडा प्रतिनिधि टिमले हटिया स्पोर्टस् एकेडेमीलाई ३–२ सेटमा पराजित गरेको हो । पहिलो सेट १९—२५ ले गुमाएको थाहाले दोस्रो र तेस्रो क्रमशः २५—२१ र २५—१७ ले आफ्नो पक्षमा पार्दै खेलमा पुनरागमन गरेको हो ।

भलिबलको उपाधी १ नम्बर वडालाई


उपाधी साथ १ नम्बर वडा प्रतिनिधि टिम थाहा नगरका खेलाडीहरु । साथमा अतिथिहरु ।

 चौथो सेटमा हटियाले २५—२२ ले आफ्नो पक्षमा पार्दै खेल बराबरीमा ल्याए पनि निर्णायक सेट १५—५ ले गुमाएपछि हार व्यहोर्न बाध्य भएको हो । प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि ३ नम्बर प्रदेश खेलकुद विकास समितिका सदस्य माधव तिमल्सिनाले पुरस्कार वितरण गर्नुभएको थियो । उपाधि विजेताले ५१ हजार रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेताले २६ हजार नगदसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी १ नम्बर वडा प्रतिनिधि टिम थाहा नगरका बलराम सुवेदी घोषित भए भने उदीयमान खेलाडी हटिया स्पोर्टस् एकेडेमीका राज थिङ घोषित भए । यस्तै हटिया स्पोर्टस् एकेडेमीका राजकुमार राई उत्कृष्ट स्पाइकर, नृपेश जोशी उत्कृष्ट ब्लकर घोषित हुँदा १ नम्बर वडा प्रतिनिधि टिमका राजकुमार कर्माचार्य उत्कृष्ट लिफ्टर, रोशन गोपाली उत्कृष्ट डिफेन्डर र बसन्त गोपाली उत्कृष्ट प्रशिक्षक घोषित भए । प्रतिष्ठानले भलिबल खेलाडी एवम् अहिले प्रशिक्षकको रुपमा सक्रिय सन्तोष श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान समेत गरेको थियो । प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीले प्रतियोगिता आयोजना गर्न सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्नुहु“दै आगामी दिनमा पनि अझ व्यवस्थित रुपमा प्रतियोगिता आयोजना गरिने बताउनुभयो ।











सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17213092 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top