29 Jan 2020   |   
logo
खेलकुद / मनोरञ्जन

सडन डेथमा नेपाल पुलिस क्लब विजयी



खेलकुद / मनोरञ्जन   76 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः भूगर्भ सिमेन्ट दोस्रो शहिद स्मृति मकवानपुर गोल्डकप–२०७५ अन्तर्गत आज भएको खेलमा सडन डेथमा नेपाल पुलिस क्लब विजयी भएको छ । नेपाल पुलिस क्लब र च्यासल युथ क्लब बीचको खेल निर्धारित समय गोलरहित बराबरी भएपछि खेल टाइ ब्रेकरमा धकेलिएको थियो । टाइ ब्रेकरमा पनि ४–४ गोलको बराबरी भएसँगै खेल सडन डेथमा पुगेको हो । सडन डेथमा पहिलो प्रहार बराबर भएको थियो भने दोस्रो प्रहारमा नेपाल पुलिस क्लबका गोलरक्षकले उत्कृष्ट बचाउ गर्दै जीत दिलाए ।

सडन डेथमा नेपाल पुलिस क्लब विजयी


    सडन डेथमा नेपाल पुलिस क्लबका बुद्ध लामा र नीर बहादुर राईको प्रहार गोल भएको थियो भने च्यासल युथ क्लबका नरेन्द्र चौधरीको प्रहार गोलको थियो भने सन्जोग राईको प्रहार नेपाल पुलिस क्लबका गोलरक्षक रोशन खड्काले रोक्दै टिमलाई जिताए । आजको म्यान अफ दि म्याच नेपाल पुलिस क्लबका क्याप्टेन दिनेश गुरुङ घोषित हुँदै १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । भोलिको खेल क्यामरुनी क्लब दाफिन्स र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच हुनेछ मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ ।







सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


25077313 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top