28 Jan 2020   |   
logo
साहित्य

चिन्तनमाः औंलाहरू



साहित्य   72 पटक पढिएको   सुवास खनाल      
एउटा आधुनिक यन्त्र कन्तुरमा खसालेपछि बुढी औंलाको फिङ्गर प्रिन्ट सुरु हुन्छ मेरो दैनिकी यही फिङ्गरप्रिन्टको व्यापारले यापित दैनन्दिन च्यापेर हिँडिरहँदा सोच्ने गर्छु, औंलाहरू शरीरका अङ्गहरू मात्र पनि होइनन्



औंलाहरूको अस्तित्वबारे 

मैले बुझ्नु पूर्वदेखि 

औंलाहरू मसँग छन् 

तर अझै म

औंलाहरूसँग अपरिचित छुझैं लाग्छ


कुन कम्पनीले कुन बखत किन्नेछ 

मेरा औंलाका शङख र चक्रहरू

कुन दिन कसरी ठोकिदिनेछु नामसारीमा ल्याप्चे

मैले, ‘म’ भनी बसेका 

केही अस्तित्वहरूमा 


नागरिकताको प्रमाणपत्रमा ल्याप्चे मारेको दिन

सोचेथेँ, यो देशस“ग म एक पटक फेरि जन्मिएँ

तर मलाई

यो आंशिक सत्य मात्र लाग्छ आजभोलि


मैले मेरा औंलाहरूलाई 

निर्बिघ्न स्वतन्त्र बनाएको छैन


औंलाहरु ईश्वरसँग प्रार्थनाका निम्ति 

हातहरूको सम्मीलन चाहन्छन् 

म ईश्वरको पुनव्र्याख्या चाहन्छु 

र औंलाहरूलाई अनुमति रोक्छु

औंलाहरू फाइदाको पुलिन्दा बुन्न

पाउहरूमा मोलिन चाहन्छन्

म औंलाका इमानहरूबारे सजग हुन्छु

र अनुमति रोक्छु

औंलाहरू वासनामा उद्यतहरूसँग लहसिन खोज्छन्

म औंलाका शक्तिदृश्य निर्माण गर्न चाहन्छु

र अनुमति रोक्छु


औंलाहरूलाई औंलाहरूकै रङमा हेर्न चाहन्छु


र 

म तपाइँसँग हात मिलाउन चाहन्छु

जोसँग

औंलाहरूको सम्मीलन हुँदा 

जीवनमा अर्को उर्जा जन्मियोस् । 








सम्बन्धित शिर्षक समाचारहरु
सम्बन्धित शिर्षक समाचारहरु

चिन्तनमाः औंलाहरू

सहमति

कविता

कथा

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


24987212 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top