28 Jan 2020   |   
logo
साहित्य

कविता



साहित्य   123 पटक पढिएको   सुन केही भन्दै छु     



सुमन भूजेल

लेखाइको यात्रा सुरु गर्दै आफैंमा

गुन्जिएका आवाजहरुलाई बलियो पक्कड बनाउँदै

भुमरी खेल्दै नाचेका धानका बालाहरुमा

म चर्चा गर्छु, त्यो प्रकृतिलाई


मादलले बगाएका तिखो काँडाहरुमा पनि

धिमेको जहाज बनाई हिँडेको सपनीहरुसँगै

छठ पर्वको प्रसाद खाँदै खाँदै

सिङ्गार्दै हिँड्छु म त्यो संस्कृतिलाई


बुद्ध, सीता र अरनिकोलाई नियाल्दै

डाँफे, मुनाल अनि सगरमाथाहरुमा

रातो चन्द्र र सूर्यको निसानी बनाउँदै

मेचीदेखि महाकालीको बिच्चमा

हिमाल, पहाड र तराईलाई गाँस्दै

गुराँसले रङ्ग्याएछु म त्यो आकृतिलाई


आधुनिक मावि, कक्षा–९








सम्बन्धित शिर्षक समाचारहरु
सम्बन्धित शिर्षक समाचारहरु

चिन्तनमाः औंलाहरू

सहमति

कविता

कथा

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


24987150 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top