29 Jan 2020   |   
logo
साहित्य

कथा



साहित्य   113 पटक पढिएको   घमण्डी केटीको रिस     
सुप्रभा श्रेष्ठ एउटा डुम्रे नाम गरेको गाउँ थियो । त्यहाँ सानो खुसी परिवार बस्थ्यो । उनीहरुसँग जीवनमा चाहिने सबै कुरा थियो । त्यो परिवारमा ६ जना बस्थे । आमा, बुबा, छोरा, छोरी, हजुरआमा र हजुरबुवा । आमा बुबा दुवै जागिरे थिए भने छोराछोरी विद्यालय जान्थे । हजुरआमा, हजुरबुवा चाहिँ घरमा बस्नुहुन्थ्यो ।



उनीहरुको दैनिक जीवन राम्ररी चलिरहेको थियो । तर उनीहरुको छोरी घमण्डी थियो । उसले साथीहरुको देखासिखी गर्थिन् । यो चाहियो, त्यो चाहियो भन्थी । उसले भनेको नपाएमा सामानहरु तोडफोड गर्थी । यस्तो बानी देखेर उसका घरका मान्छेहरु दिक्क भइसकेका थिए । आफ्नी छोरीलाई कसरी सुधार्ने भनेर उनका आमाबुबाले एउटा जुक्ति निकाले ।

एकदिन उसको बाबाले धेरै काठहरु ल्याउनु भयो र आफ्नी छोरीलाई भन्नु भयो, ‘ल सुन छोरी तिमीलाई दिनको जति चोटी रिस उठ्छ, त्यति चोटी यो काठमा हम्मरले किला ठोक ।’ साँच्चै छोरी जाबो काम भनेर रिस उठ्ना साथ काठमा किला ठोक्न थाली । धेरै चोटी किला ठोक्दा उसलाई गाह्रो भयो । अनि दिक्क लाग्न थाल्यो । एकदिन उसले गल्तीको महशुस गरी हामीलाई किला ठोक्दा यति गाह्रो हुन्छ भने हाम्रो आमाबुबालाई कति गाह्रो होला रु हामी जन्मि“दादेखि स्याहार सुसार गरेर राम्रोसँग शिक्षा दिँदासम्म साह्रै कष्ट भोग्नुभएको होला । आवश्यकता अनुसार सुविधाहरु दिएर कडा मिहिनेत गरी यहा“सम्म ल्याउनु भयो ।

अन्तिममा यस्तो दिन पनि आयो जुन दिन उसले एउटा किला पनि ठोकिन । त्यो दिनदेखि सबै जना खुसी साथ बस्न थाले ।


नवोदय शिशु सदन, कक्षा–६








सम्बन्धित शिर्षक समाचारहरु
सम्बन्धित शिर्षक समाचारहरु

चिन्तनमाः औंलाहरू

सहमति

कविता

कथा

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


25077716 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top