29 Jan 2020   |   
logo
स्वास्थ्य

हेटौंडा अस्पतालमा आइसीयु



स्वास्थ्य   108 पटक पढिएको   समाज संवाददाता   २०७६ पौष १४ सोमवार  
हेटौंडाः हेटौंडा अस्पतालमा पछिल्लो समय नयाँ सेवाहरु बिस्तार भैरहेका छन् । हेटौंडा अस्पतालमा एक सैय्या (बेड)को अति सघन उपचार कक्ष (आसियू) तयार भएको छ । हेटौंडा अस्पतालले ९ वर्षअघि खरिद गरेको भेन्टिलेटर हेटौंडा अस्प्तालमा आज सोमबारबाट प्रयोगमा आउने हेटौंडा अस्पतालका प्रमुख डा। प्रविण श्रेष्ठले बताउनुभयो । हेटौंडा अस्पतालमा करिब ८ महिना अघि सबै वार्डहरुमा अक्सिजन, सक्सन मेशिन जडान तथा प्रयोगमा आएका थिए । आइसियू छिट्टै अस्पतालमा संचालन गर्ने तयारी रहेको अवस्थामा आइतबार भेन्टिलेटरको जडान गरिएसँगै यस्तो सम्भाव भएको श्रेष्ठको भनाइ छ ।

हेटौंडा अस्पतालमा आइसीयु


अस्पतालले खरिद गरेको २ वटा भेन्टिलेटर प्रयोगमा आउन सकेको थिएन । अस्पतालमा २ मध्ये एउटामात्र भेन्टिलेटर प्रयोगमा आएको छ । अर्का भेन्टिलेटर भने बोर्ड लगायत प्राविधिक समस्याका कारण पुरानो भएर प्रयोगमा आउन नसकेको प्रमुख श्रेष्ठले बताउनुभयो । हेटौंडा अस्पतलामा अहिले अक्सिजन पाइपलाइन, सक्सन मेशिन लगायत उपलब्ध भएका कारण आसियू संचालनमा आउनसम्भव भएको प्रमुख श्रेष्ठले बताउनुभयो । अस्पतालमा खरिद भएका अन्य थुप्रै सामाग्रीहरु प्रयोगमा आएका छन् । ४ वटा ट्रान्समिटर केहि समय अगाडि मात्र प्रयोगमा आएका थिए । त्यस्तै अस्पतालमा अक्सिजन पाइपलाइको काम पनि पछिल्लो समय सबै बार्डमा पुर्याइएको छ । अस्पताल प्रशासननले अन्य प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरी हेटौंडा अस्पतालमा आसियू सेवा योजना रहेको अस्पताल प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

हेटौंडा अस्पतालमा केही समयमा नै जेरियाट्रिक वार्ड सञ्चालनमा आउने भएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले २० लाख रकम पठाइसकेका कारण ४ बेडबाट अहिले संचालन गर्दै गर्ने र अन्य स्थानमा छुट्टै निर्माण गर्ने काम अगाडि बढाउने उहाँले बताउनुभयो । जेरियाट्रिक वार्डको सामान खरिद गर्नका लागि ४ लाख र सेवा तथा औषधी उपचारको लागि १६ लाख बजेट पठाएको छ । अब हेटौंडा अस्पतालमा जेष्ठ नागरिकहरुले छुट्टै उपचार कक्षा प्राप्त गर्नेछन् भने सामान्यदेखि शल्यक्रिया गर्दा रकम नलाग्ने प्रमुख श्रेष्ठले बताउनुभयो ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


25077269 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top