29 Jan 2020   |   
logo
स्वास्थ्य

वार्षिकोत्सवमा रक्तदान



स्वास्थ्य   79 पटक पढिएको   समाज संवाददाता   २०७६ पौष ११ शुक्रवार  

वार्षिकोत्सवमा रक्तदान


हेटौंडाः हेटौंडा अटोमोबाइल्स एशोसिएनले बिहीबार हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । एसोसिएसनको वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् । रक्तदानमा ३ जना महिला १८ जना पुरुष सहभागी भएको रक्तदान कार्यक्रमका संयोजक दीपेन्द्र उप्रेतीले जानकारी दिनुभयो । एसोसिएसनले वार्षिक उत्सवको अवसरमा प्रत्येक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आएको हेटौंडा अटोमाबाइल्स एसोसिएसनका निवर्तमान अध्यक्ष सुदेशकुमार श्रेष्ठले बताउनुभयो । कार्यक्रममा अध्यक्ष सागर सापकोटा, वरिष्ठ उपाध्यक्ष दामोदर प्रसाद अटल, महासचिव धर्म धिमाल लगायतको उपस्थिति रहेको थियो ।








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


25077328 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top