29 Jan 2020   |   
logo
स्वास्थ्य

राईगाउँ र डुमरियामा आँखा शिविर



स्वास्थ्य   66 पटक पढिएको   समाज संवाददाता   २०७६ पौष ११ शुक्रवार  
हेटौंडाः रोटरी क्लब अफ हेटौंडाले बिहिबार दुई स्थानमा निःशुल्क आँखा शिविर गरेको छ । रोटरीले मकवानपुरको बागमती गाउँपालिकाको राईगाउँ स्वास्थ्य चौकीमा र रौतहट जिल्लाको कनकपुर डुमरियामा निःशुल्क आँखा शिविर गरेको हो । राईगाउँमा २ सय ८२ जनाको आँखा परीक्षण गरिएकोमा ४१ जनाको शल्यक्रिया गर्नुपर्ने पाइएको छ । डुमरियामा भने २ सय ३९ जनाको परीक्षण गरिएकोमा ५७ जनाको शल्यक्रिया गर्नुपर्ने पाइएको छ ।



हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा शिविर भएको हो । शल्यक्रिया गर्नुपर्नेका लागि हेटौंडा सामुदायिक आँखा अस्पतालसम्म आउने र शल्यक्रिया गर्दा लाग्ने सम्पँर्ण खर्च रोटरी क्लब अफ हेटौंडाले व्यहोर्ने छ । रोटरी क्लबले आज शुक्रबार बाराको निजगढ नगरपालिका कछारिया स्वास्थ्यचौकीमा पनि आँखा परीक्षण शिविरको आयोजना गर्दैछ । रोटरी क्लब अफ हेटौंडाले २०५१ सालदेखि ग्रामीण एवम् दुर्गम क्षेत्रमा निःशुल्क आँखा शिविरको कार्यक्रम गर्दै आएको छ । प्रत्येक वर्ष ३०० जनाको आँखाको शल्यक्रिया गरिरहेको रोटरी क्लब अफ हेटौंडाका उपाध्यक्ष रामप्रसाद शर्माले जानकारी दिनुभयो ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


25077309 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top