18 Nov 2019   |   
logo
स्वास्थ्य

हेटौंडामा रगत अभाव



स्वास्थ्य   77 पटक पढिएको   समाज संवाददाता   २०७६ कार्तिक २० बुधवार  
हेटौंडाः रक्तसञ्चार केन्द्र हेटौंडामा रगत अभाव भएको छ । रक्तदान कार्यक्रम आयोजना नहुँदा रगतको अभाव भएको रक्तसञ्चार केन्द्र हेटौंडाका प्रमुख टंक दाहालले जानकारी दिनुभयो । दैनिक ६ देखि ७ पिन्ट रगतको माग हुने गरेको र अहिले केन्द्रमा १५ पिन्ट मात्रै रगत मौज्दात रहेको उहाँले जानकारी दिनुभयो ।



रगतको अभाव भएकोले सम्पर्कमा रहेका रक्तदातालाई बोलाएर रगत संकलन गरी माग पूरा गरिरहेको दाहालले बताउनुभयो । चाडपर्वका कारण रक्तदान कार्यक्रम नहुँदा अभावको स्थिति देखिएको हो । मंसिर महिनामा रक्तदान कार्यक्रम गर्न विभिन्न संघ, संस्थाले जानकारी गराए पनि कात्तिक महिनाभर रगतको माग कसरी धान्ने भन्ने चिन्ता भइरहेको दाहालले बताउनुभयो । अहिलेको अभाव टार्न संघ, संस्थालाई रक्तदान कार्यक्रम आयोजनाका लागि रक्तसञ्चार केन्द्रले आव्हान गरेको छ ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17387539 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top