16 Nov 2019   |   
logo
स्वास्थ्य

८४ जनाको आँखाको शल्यक्रिया



स्वास्थ्य   41 पटक पढिएको   समाज संवाददाता   २०७६ कार्तिक ५ मंगलवार  
हेटौंडाः मकवानपुरको थाहा नगरपालिकामा ८४ जना मोतीविन्दुका बिरामीहरुको निशुल्क आँखाको शल्यक्रिया गरिएको छ । डाँडाखर्क, गोगने, देउखेल, बज्रबाराही, फाखेल, दामन र नौखण्डेमा सञ्चालित आँखा शिविरबाट फेला परेका ८४ जना मेतीविन्दुका बिरामीको शल्यक्रिया गरिएको सामुदायिक आँखा अस्पतालले जनाएको छ ।

८४ जनाको आँखाको शल्यक्रिया


आँखा शिविरमा परीक्षणका लागि विरामीलाई बोकेर ल्याउँदै ।

ती स्थानमा १ हजारभन्दा बढी बिरामीहरूको आँखा जाँच एवम् निशुल्क औषधि वितरण गरिएको थियो । भिजन हिमालय फाउण्डेशनको सहयोगमा सञ्चालित शिविरमा तीन महिनादेखि दुवै आँखा नदेख्ने जनकला शाही शल्यक्रिया पश्चात आँखा देख्दा निकै हर्षित भएकी थिइन् । नेत्रस्वास्थ्य विशेषज्ञ डा. श्याम व्यास लगायतको टोलीले ९३ वर्षीय खडानन्द विडारी लगायत अन्य विरामीहरुको मोतिविन्दुको शल्यक्रिया गरिएको थियो ।










सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17213179 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top