16 Nov 2019   |   
logo
स्वास्थ्य

साह मेडिकलमा शिल



स्वास्थ्य   97 पटक पढिएको   समाज संवाददाता   २०७६ कार्तिक ४ सोमवार  
हेटौंडाः हेटौंडा–५, सानोपोखरास्थित साह मेडिकल हलमा शिल गरिएको छ । नेपाल सरकारले निशुल्क वितरण गर्ने जीवनजल १० रुपैयाँमा बिक्रि गरेको उजुरीपछि हेटौंडाको साह मेडिकलमा आइतबार सरकारी अनुगमन टोलीले शिलबन्दी गरेको हेटौंडा उपमहानगरका स्वास्थ्य संयोजक सुपेन्द्र कार्कीले बताउनुभयो ।

साह मेडिकलमा शिल


आइतबार जिल्ला प्रशासन कार्यालयमा नेपाल सरकारले निशुल्क वितरण गर्ने जीवनजल सशुल्कमा बेचिएको उजुरी परेपश्चात प्रशासन, हेटौंडा नगर, खाद्य तथा उपभोक्ता मञ्च लगायत अन्य सरोकारवालाहरु अनुगमनमा गई साह मेडिकललाई शिल गरिएको थियो । अनुगमनका क्रममा निशुल्क वितरण गरिने अन्य तीन चार प्रकारका औषधि पनि बरामद गरिएको अनुगमन टोलीका एक सदस्यलेण् बताएका छन् । अनुगमनका क्रममा मेडिकलले अनुमति बिना विरामीलाई भर्ना गरेर उपचार गरेका समेत पाइएको बताइएको छ ।








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17213144 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top