16 Nov 2019   |   
logo
स्वास्थ्य

डेंगुको संक्रमण घट्दो



स्वास्थ्य   34 पटक पढिएको   समाज संवाददाता   २०७६ कार्तिक ४ सोमवार  
हेटौंडाः चिसो मौसमको सुरुवातसँगै हेटौंडामा डेंगु रोगको संक्रमण घट्दै गएको छ । दैनिक २० देखि २५ जनामा डेंगुको सक्रमण पाउने गरेकोमा अहिले ८ जनादेखि १० जनासम्म संक्रमित देखिने गरेको छ । हालसम्म मकवानपुर जिल्लामा डेंगु संक्रमितको संख्या १ हजार ७ सय ८ जना पुगेको छ । मकवानपुर जिल्लामा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकामा १ हजार १ सय भन्दा बढीमा डेंगुको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुुरका प्रमुख प्रणय उपाध्यायले जानकारी दिनुभयो ।



असारदेखि भदौ महिनासम्म डेंगु संक्रमितको चापका कारण हेटौंडाका स्वास्थ्य संस्थामा विरामीको उच्च चाप रहेको थियो । डेंगुको संक्रमण हुन नदिन र संक्रमितलाई सचेतताका साथ उपचार गर्न जनचेतनामूलक कार्यक्रम गरिएको थियो । डेंगु संक्रमणलाई रोक्न डेंगु फैलाउने प्रजातिका लामखुट्टेको लार्भा नष्ट गर्ने कार्य समेत गरिएको थियो ।

डेंगु संक्रमित भएको आशंका भएका विरामीको निशूल्क परीक्षण गर्ने व्यवस्था जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरमा गरिएको थियो । सर्वसाधारणको बढ्दो चाप र डेंगु परीक्षण किटको अभावका कारण हेटौंडा उपमहानगरपालिकाले समेत जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरलाई डेंगु परीक्षण किट सहयोग गरिएको थियो ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17214837 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top