29 Jan 2020   |   
logo
स्वास्थ्य

वृद्धि अनुगमन र स्वस्थ बालबालिका प्रतियोगिता



स्वास्थ्य   66 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः ईन्द्रसरोवर गाउँपालिकामा ५ वर्ष मुनिका बालबालिकाको बृद्धि अनुगमन तथा ६ महिनादेखि ३६ महिनाका बालबालिकाहरु बीच स्वस्थ बालबालिका प्रतियोगिता आईतबारबाट सकिएको छ । गत बुधबारबाट सुरु भएको प्रतियोगितामा ६ सय ७७ जना बालबालिकाहरुको सहभागिता रहेको थियो । गाउँपालिकाले ६ महिनादेखि ३६ महिना बीचका बालबालिकाहरुमा स्वस्थ बालबालिका प्रतियोगिता गराएको हो । यस्तै, कार्यक्रममा ५ वर्ष मुनिका बालबालिकाहरुको वृद्धि अनुगमन समेत गरिएको छ ।



 बालबालिकाहरुको स्वास्थ्यको अवस्था र बालमैत्री गाउँपालिका घोषणा गर्न गाउँपालिका कुन स्थानमा छ भनेर मूल्याङ्कन गर्न पनि स्वस्थ बालबालिका प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा पहिलो दिन इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ कुलेखानीमा १ सय ४० जना बालबालिका बीच प्रतियोगिता गराइएको थियो । बिहीबार ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ मा १ सय ३७ जना बालबालिका बीच प्रतिस्पर्धा गराइएको थियो । यस्तै, चैत १ गते फाखेल स्वास्थ्य चौकीमा र चैत २ गते ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ को चन्द्रगढी स्वास्थ्य चौकीमा कार्यक्रम भएको थियो । आईतबार इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ को मार्खु स्वास्थ्य चौकीमा भएको प्रतियोगितासँगै कार्यक्रम पनि सकिएको छ ।

    गाउँपालिकाको पाँच वटै वडामा प्रतियोगिता गराईएको छ । प्रतियोगितामा सहभागी बालबालिकाहरुमा उत्कृष्टताको आधारमा प्रथम, द्वितीय र तृतीय घोषणा गरी पुरस्कार समेत प्रदान गरिएको थियो । प्रतियोगितामा बच्चाको टाउकोको परिधी, तौल, उचाई, स्तनपानको अवस्था, जन्मदर्ता, खोप, पोषण, आमाको विवाहको उमेर, गर्भ जाँच, सुत्केरी भएको स्थान ९अस्पताल, स्वास्थ्य चौकी, घर० लगायत २१ वटा सूचक रहेको थियो । प्रतियोगितामा सहभागी सबै बालबालिकालाई पौष्टिक आहार, पौष्टिक जाउलो बनाउन आमा तथा अभिभावकलाई समेत सिकाईएको थियो । कार्यक्रमस्थलमा नै पौष्टिक आहार बनाएर बालबालिकालाई खुवाईएको थियो । ५ वर्ष मुुनिका बालबालिकाको बृद्धि अनुगमनमा भएका बालिबालिकालाई पौष्टिक आहार तथा सरसफाई सम्बन्धी साबुन, मञ्जन लगायत सामाग्री हस्तान्तरण गरिएको थियो । घरमा सुत्केरी हुने महिलाको संख्यामै कमी गरी स्वस्थ बालबालिका जन्माउने उद्देश्यले कार्यक्रम गरिएको हो । कार्यक्रममा स्वास्थ्य संस्थाका महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई सम्मान समेत गरिएको थियो ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


25077332 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top