29 Jan 2020   |   
logo
स्वास्थ्य

हेटौंडा अस्पतालमा युवा डाक्टर भन्छन्/ विभागअनुसार शैय्या र जनशक्ति थप्नुपर्छ



स्वास्थ्य   212 पटक पढिएको   नीता गौतम     
हेटौंडा, २५ पुषः हेटौंडा अस्पतालमा अहिले करिब ३० जना चिकित्सक कार्यरत छन् । युवा डाक्टरको संख्या मात्रै १४ छ । सरकारी छात्रवृत्तिमा स्नातक तह (एमबीबीएस) उत्तीर्ण गरी २ वर्षे अनिवार्य सेवा करारमा रहेका युवा डाक्टरहरु अस्पतालमा सेवा दिने मात्रै नभई धेरै कुरा सिक्ने चरणमा पनि हुन्छन् । हेटौंडा अस्पतालमा कार्यरत युवा डाक्टरहरु अस्पतालको सुधारका लागि विभागअनुसारको शैय्या विस्तार गर्ने र जनशक्ति थप गर्दै जाने हो भने सर्वसाधारणले अहिले भन्दा केही सुधारिएको स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्छन् ।



डा. सुदन देवकोटा विगत १६ महिनादेखि हेटौंडा अस्पतालमा कार्यरत हुनुहुन्छ । स्थायी घर नवलपरासी जिल्लाको सुनवल भएका डा. देवकोटा यसअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो । पाटनबाटै एमबीबीएस अध्ययन गर्नुभएका डा. देवकोटा हाल हेटौंडा अस्पतालको बाल स्वास्थ्य शाखामा कार्यरत हुनुहुन्छ । अन्य जिल्ला अस्पतालको तुलना हेटौंडा अस्पतालमा बढी संख्यामा चिकित्सकहरु रहेको बताउँदै देवकोटा भन्नुहुन्छ, “अन्य जिल्ला अस्पतालको अनुपातमा हेटौंडा अस्पतालमा बढी संख्यामा चिकित्सक हुनुहुन्छ भने शैय्या पनि धेरै छ । सेवा पनि राम्रै छ ।”

हेटौंडा अस्पतालमा सेवाग्राहीको चापअनुसार विभिन्न स्वास्थ्य विभागअनुसार शैय्या थप गरी सोहीअनुसारको जनशक्ति व्यवस्थापन गर्न आवश्यक रहेको डा. देवकोटा बताउनुहुन्छ । त्यस्तै सर्जरी विशेषज्ञ डा. सन्देश श्रेष्ठ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा १ वर्ष प्रयोगात्मक अभ्यास गरी हेटौंडा अस्पतालमा विगत १७ महिना यता कार्यरत हुनुहुन्छ । डा. श्रेष्ठ भन्नुहुन्छ, “विद्यार्थी भएर र डाक्टर भएर काम गर्नुमा जिम्मेवारीमा धेरै फरक छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सामान्य विरामीदेखि विभिन्न अस्पतालबाट रिफर भएर अन्तिम चरणसम्मका विरामीहरु आउने गरेको गर्दछ ।” हेटौंडा अस्पतालको अवस्था सन्तोषजनक भए पनि नाक, कान तथा घाँटी सम्बन्धी छुट्टै शाखाको रुपमा स्थापित गरी सेवा प्रदान गर्न सके धेरै सेवाग्राहीले सेवा पाउने अवस्था रहेको बताउनुहुन्छ ।








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


25077416 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top