29 Jan 2020   |   
logo
अर्थ / व्यापार

महिला मिलनलाई प्रोवेशन ब्राण्ड



अर्थ / व्यापार   93 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः हेटौंडा–१३, पदमपोखरीस्थित महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रोवेशन ब्राण्ड प्राप्त गर्न सफल भएकोमा सबैलाई धन्यवाद व्यक्त गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरेर सेयर सदस्य, सहयोगी सबैको साथ र सहयोगमा राष्ट्रियस्तरको स्तरीकरणमा सफल भएको भन्दै सबैप्रति धन्यवाद व्यक्त गरेको हो ।

महिला मिलनलाई प्रोवेशन ब्राण्ड


कार्यक्रमका प्रमुख अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडकी अध्यक्ष कल्पना श्रेष्ठले जिल्लामा रहेका ३४ वटा बचत सहकारी छनोटमा सम्पूर्ण प्रक्रिया पूरा गरी महिला मिलनले प्रोबेसन ब्राण्ड प्राप्त गर्नु उत्कृष्ट रहेको बताउनुभयो । मकवानपुरमा ४ वटा सहकारीले यस्तो ब्रान्ड प्राप्त गरेको भन्दै कर्मचारीको लगन, शेयरसदस्यहरुको इमानदारिताले सम्भव भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । महिला मिलन भन्नेबित्तिकै अवलोकन गर्ने अन्य स्थानका सहकारीहरु आउने हुनाले अब शेयरसदस्यहरुलाई पनि बचत गर्नेसँगै सक्रियतापूर्वक उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने उहाँले बताउनुभयो ।

५ रुपैयाँदेखि बचत गर्न सुरु गरेको भन्दै आज २० लाखसम्म लगानी गर्न सक्ने संस्था भएकोमा गर्व लाग्ने गरेको संस्थाका संस्थापक अध्यक्ष सुकुमाया स्याङ्तानले बताउनुभयो । कार्यक्रममा १२ नम्बर वडा अध्यक्ष्ँ ललित घलानले महिला सहकारीहरुलाई अगाडि बढाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरमा पुर्याउन स्थानीय सरकार लागी पर्ने बताउनुभयो । १३ नम्बर वडा अध्यक्ष मनोज वाईबाले सहकारीले गर्दा व्यक्तिमा बचत गर्ने बानीको विकास भएको भन्दै आयआर्जन गर्न तथा रोजगारीको सिर्जना गर्न सहयोग पुगेको बताउनुभयो । संस्थाका अध्यक्ष विष्णु कुमारी लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेफ्स्कुनका फिल्ड इन्चार्ज ज्योति महत, राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखाका सहायक प्रबन्धक रामेश्वर अर्याल लगायत विभिन्न संघ संस्था तथा महिला मिलनको विभिन्न समुहका अध्यक्षहरुको सहभागिता रहेको थियो ।








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


25077281 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top