29 Jan 2020   |   
logo
अर्थ / व्यापार

तरकारी तथा फलफुल थोक बजारको डीपीआर तयार



अर्थ / व्यापार   44 पटक पढिएको   समाज संवाददाता   २०७६ पौष ८ मंगलवार  
हेटौंडाः ३ नम्बर प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाको संयुक्त लगानीमा निर्माण हुने प्रादेशिक तरकारी तथा फलफूल थोक बजारको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । काठमाडौंस्थित स्वराज कन्सल्टेन्टले ४२ करोड ४९ लाख रुपैयाँ लागतअनुमानसहित डीपीआर तयार पारेको जनाएको छ ।



भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा सोमबार ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र कृषि मन्त्री दावा दोर्जे लामाको उपस्थितिमा डीपीआरको संक्षिप्त जानकारी समेत गराइएको थियो । यसअघि करिब ७० करोड लागत अनुमान गरिएको परियोजनालाई केही कम बजेटमा सम्पन्न गर्नुपर्ने भन्दै प्रदेश सरकारले पुनः डीपीआर तयार पारेको हो । थोक बजार निर्माणको कार्य चालु आर्थिक वर्षमा सुरुवात गर्ने र सुरुवात भएको बढीमा २ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको कृषि मन्त्री दावा दोर्जे लामाले बताउनुभयो । देशकै ठूलो थोकबजार निर्माण गर्न लागिएकोले देशभर कृषिउपज विक्री गर्ने गरी उत्पादन बढाउनुपर्ने मन्त्री लामाको भनाइ थियो । उहा“ले संघीय सरकारको योजनामा प्रदेश सरकार र स्थानीय सरकारको लगानीमा निर्माण गरी स्थानीय सरकारले सञ्चालन र स्वामित्व ग्रहण गर्ने भएकोले स्थानीय सरकारले कार्यपालिकाबाट निर्णय गरेर निर्माण कार्यको कार्य अगाडि बढाउन आग्रह गर्नुभयो । सञ्चालनको जिम्मेवारी पनि स्थानीय सरकारको रुपमा हेटौंडा उपमहानगरपालिकाको भएको उल्लेख गर्नुहुँदै निर्माणमा पनि उपमहानगरपालिकाले चासो र अगुवाई गर्नुपर्ने मन्त्री लामाले स्पष्ट पार्नुभयो ।

डीपीआरको प्रस्तुतीपछि मुख्यमन्त्री पौडेलले प्रदेशको अर्थतन्त्रमै सकारात्मक प्रभावका पार्ने ठूलो परियोजनाको रुपमा थोकबजार निर्माण योजना कार्यान्वयन हुन लागेको बताउनुभयो । कृषि नै मुलुकको समृद्धिको मेरुदण्ड भएको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री पौडेलले देशकै मध्य भागमा आधुनिक किसिमको बजार निर्माण हुने बताउनुभयो । प्रदेश सरकारले हालसम्म सञ्चालन गर्न लागेका योजना मध्ये सबैभन्दा ठूलो योजना भएको भन्दै प्रदेश सरकारले गौरवको योजनाको रुपमा थोक बजार निर्माण गर्न लागेको मुख्यमन्त्री पौडेलले स्पष्ट पार्नुभयो । हेटौंडा–११, थानाभरयाङस्थित २ विगाहा क्षेत्रफलमा निर्माण हुने थोकबजारमा प्रशासनिक भवन, थोक बीउबजार, खुद्रा बजार, फोहर व्यवस्थापन स्थल, चमेनागृह, शौचालय रहनेछ । प्रदेश योजना आयोगका सदस्य, मन्त्रालयका सचिव, जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपमेयर मीनाकुमारी लामाको उपस्थितिमा डीपीआरको प्रस्तुती गरिएको थियो ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


25077323 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top