18 Nov 2019   |   
logo
अर्थ / व्यापार

बस्तीपुरमा युनिक होटल



अर्थ / व्यापार   58 पटक पढिएको   समाज संवाददाता   २०७६ कार्तिक ६ बुधवार  
हेटौंडाः हेटौंडा–१९, बस्तीपुरमा युनिक होटल एण्ड लज सञ्चालनमा आएको छ । मंगलबारबाट होटल सञ्चालनमा आएको हो । लजको सुविधा केही समयभित्रै पूरा हुने सञ्चालक श्यामहरि पण्डितले जानकारी दिनुभयो । हेटौंडा उपमहानगरको पश्चिमक्षेत्रको प्रमुख बजारको रुपमा रहेको बस्तीपुरमा पहिलो लजको रुपमा सञ्चालनमा आउन लागेको पण्डितको भनाइ छ ।



बस्तीपुर बजार आसपासका क्ष्ँेत्रको कृषि उपज विक्री गर्ने प्रमुख थलोको रुपमा रहेको छ । बस्तीपुरमा आवासीय सुविधाको अभावमा पर्यटन प्रवद्र्धन हुन नसकेको महसुस गरी लज सेवा सञ्चालनमा ल्याएको पण्डितले बताउनुभयो । बस्तीपुर बजारमा माध्यमिक तहको विद्यालय, विश्वविद्यालय तहको पठनपाठन हुने महाविद्यालय समेत सञ्चालनमा रहेको छ । उत्तरी तथा दणिक्षी भेगका सर्वसाधारणको प्रमुख बजारको रुपमा रहेको बस्तीपुर १९ नम्बर वडाको केन्द्र समेत हो ।








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17388362 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top