16 Nov 2019   |   
logo
अर्थ / व्यापार

घरजग्गा व्यवसायीको चियापान



अर्थ / व्यापार   38 पटक पढिएको   समाज संवाददाता   २०७६ कार्तिक ३ आइतवार  
हेटौंडाः मकवानपुर घरजग्गा व्यवसायी संघले शनिबार चियापान कार्यक्रमको आयोजना गरेको छ । प्रमुख चाडपर्वको अवसरमा संघका अध्यक्ष धु्रव घिमिरेको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथी लामाले हेटौंडाको खेतीयोग्य जमिनको पहिचान गर्ने र हरित सहरको रुपमा हेटौंडालाई विकास गर्ने बताउनुभएको छ ।



प्रविधिको प्रयोग गरी ठुला परिवर्तन गर्न सकिने परिकल्पना गर्नुपर्ने उहाँले धारणा राख्नुभयो । हेटौंडा हरियाली क्षेत्रलाई संरक्षण गर्दै जहाँ पायो त्यहिँ घर निर्माण गर्न नहुने भन्दै यसमा नागरिकको सहयोग र सहकार्य जरुरी रहेको बताउनुभयो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष सविन न्यौपाने, हेटौंडा–६ का वडाअध्यक्ष अर्जुन चौलागाई, हेटौंडा १४ का वडाअध्यक्ष दिपक खड्का, नेकपाका नेता श्रीधर पोखरेल, नेपाली कांग्रेस हेटौंडा नगरका सभापति आनन्दराम पराजुली, ३ नम्बर प्रदेश प्रहरीको वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्र चौधरी, जिल्ला ट्राफिक प्रमुख हरिविष्णु ढकाल लगायतको उपस्थिति रहेको थियो ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17213397 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top