29 Jan 2020   |   
logo
समाज

मनहरी बालमैत्री गाउँपालिका घोषित



समाज   146 पटक पढिएको   समाज संवाददाता   २०७६ पौष २७ आइतवार  
मनहरीः उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले जुनसुकै कुराको पनि घोषणा मात्र होइन निरन्तरता दिनुपर्ने बताउनुभएको छ । सोमबार मकवानपुरको मनहरी गाउँपालिकालाई देशकै पहिलो बालमैत्री स्थानीय शासन घोषणा गर्दै उहाँले यस्तो बताउनुभएको हो । यस्तो राम्रो कार्यको देशको सबै स्थानीय सरकारले अनुशरण गरुन् भन्दै मन्त्री पोखरेलले मनहरी गाउँपालिकाले बालमैत्री स्थानीय शासनको ४९ वटा सुचक पुरा गरेकोमा धन्याबाद ज्ञापन गर्नुभयो ।

मनहरी बालमैत्री गाउँपालिका घोषित


उपप्रधान तथा रक्षामन्त्री ईश्वर पाखरेल (बायाँ) मनहरीलाई बालमैत्री गाउँपालिका घोषणा गर्नुहुँदै, साथमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल (दायाँ) र जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल (बीचमा) ।

बाल बचाउ, बाल संरक्षण, बाल विकास, सार्थक बालसहभागिता जस्ता कुराहरूमा ध्यान नदिए बालमैत्री घोषणा हुनुको कुनै अर्थ नहुने भन्दै उहाँले यि पक्षहरुमा ध्यान दिन निर्देशन दिनुभयो । नेपालले बाल अधिकारको महासन्धिमा हस्ताक्षर गरेको हुनाले यो अभियान अत्यन्तै स्वागत योग्य भएको भन्दै देशभरीका सबै स्थानीय सरकारले यसको अवलम्बन गर्नुपर्ने धारणा राख्नुभयो । यस्तो कार्यक्रम औपचारिकतामा मात्र सीमित नहोस् भन्दै मन्त्री पोखरेलले यस अभियानलाई अगाडि बढाउन केन्द्र सरकारको तर्फबाट योजना निर्माणदेखि नीतिगत लगायतका सबै पक्षमा भरपुर साथ र सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

संघीयता पश्चात तीनै तहको सरकारले संविधानले दिएको अधिकार अनुसार सेवा प्रदान गर्नुपर्ने हुनाले तीनै तहको सरकारलाई जनताको हितमा काम गर्न नहिच्किचाउन आग्रह गर्नुभयो । मनहरी गाउँपालिकाको अध्यक्ष एकराज उपे्रतीको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, प्रतिनिधि सभा सदस्यहरु विरोध खतिवडा, कृष्णप्रसाद दाहाल, बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल, संविधानसभा सदस्य अनन्त पौडेल, प्रदेश सभा सदस्य मुनु सिग्देल, ओम बहादुर ग्लान, मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, गाउँपालिका बालसञ्जालका अध्यक्ष सनिस लो, बागमती प्रदेशका विभिन्न स्थानीय तहका प्रतिनिधिहरु लगायत उल्लेख्य मात्रामा अभिभावक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

बालमैत्री गाउँपालिका अभियानकी संयोजक तथा गाउँपालिका उपाध्यक्ष मनिला विष्टले यस कार्यको सूरुवात भएको र अब घोषणा मात्र होइन निरन्तरता दिने भन्दै गाउँपालिकामा अब शैक्षिक, स्वास्थ्य लगायतका सबै क्षेत्रमा सुधार हुने र सबै कार्यहरु बालमैत्री हुने आश्वासन दिनुभयो ।











सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


25077304 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top