29 Jan 2020   |   
logo
समाज

लागूऔषध गाँजासहित ३ जना पक्राउ



समाज   20 पटक पढिएको   समाज संवाददाता     
लागूऔषध गाँजासहित ३ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । मकवानपुर प्रहरीले हिजो दिउँसो २ बजे हेटौंडा–१९, नेवारपानीबाट दुईजना र हिजै साँझ ४ बजे हेटौंडा–१५, रातोमाटेबाट एकजनालाई पक्राउ गरेको जनाएको छ । दुई स्थानबाट १५ केजी १ सय ८० ग्राम लागूऔषध गाँजा बरामद भएको मकवानपुर प्रहरीले जनाएको छ ।

लागूऔषध गाँजासहित ३ जना पक्राउ


प्रहरीले सर्लाही जिल्लाको हरिपुर नगरपालिका–९ का २४ वर्षीय रञ्जीतकुमार गुप्ता र ३१ वर्षीय बालकृष्ण गुप्तालाई नेवारपानीबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका मध्ये रञ्जीतकुमारले कार चलाएका थिए भने बालकृष्ण कारमा यात्रारत थिए । उनीहरुको साथबाट प्रहरीले १० कजेसी १ सय ८० ग्राम गाँजा बरामद भएको थियो । मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको बीआर–०१–सीएम–६२४६ नम्बरको भारतीय नम्बरको कारलाई रोकी सुरक्षाजाँच गर्नेक्रममा उनीहरुको साथबाट गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै चितवन जिल्ला राप्ती नगरपालिका–२ का ३७ वर्षीय कृष्ण थापालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । हिजो दिनको ४ बजेको समयमा प्रहरी टोलीले हेटौंडा–१५, ड्राइभरडाँडाबाट बाराको पथलैयातर्फ जाँदै गरेको प्रदेश ०२–०३–००६ प २८८३ नम्बरको मोटरसाइकललाई रोकी सुरक्षाजाँच गर्दा थापाको साथबाट ५ केजी लागूऔषध गाँजा बरामद भएको जनाएको छ । लागूऔषधसहित पक्राउ परेका व्यक्ति, उनीहरुहरुले प्रयोग गरेका सवारी साधनसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको मकवानपुर प्रहरीले जनाएको छ । लागूऔषध नियन्त्रण ऐन–२०३३ बमोजिम पक्राउ परेका तीनैजनालाई २ वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना तथा सवारी साधन समेत जफत हुने कानूनी प्रावधान रहेको छ । प्रहरीले तीनैजनालाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


25077499 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top