29 Jan 2020   |   
logo
समाज

सुनसहित भारतीय नागरिक पक्राउ



समाज   20 पटक पढिएको        
काठमाडौंः प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल (टीआईए) बाट ७६० ग्राम सुनसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक मोहमद तोसिद रहेका छन् ।



थाई एयरलाइन्सबाट टीआईएमा उत्रिएका तोसिदलाई सुनसहित नियन्त्रणमा लिइएको अपराध महाशाखाका प्रमुख, प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सहकुल थापाले पुष्टि गरे । तोसिदले शंकास्पद व्यवहार देखाएपछि नियन्त्रणमा लिइ काठमाडौं मेडिकल कलेजमा एक्सरे गर्दा मलद्वारमा लुकाएको सुन भेटिएको एसएसपी थापाले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्रोतः अनलाइनखबर









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


25077287 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top