29 Jan 2020   |   
logo
स्थानीय तह

नेवाः–ताम्सालिङको पक्षमा प्रदर्शन



स्थानीय तह   489 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः प्रदेश ३ को अस्थायी राजधानी हेटौंडालाई स्थायी राजधानी बनाउने विषय चर्किरहेका बेला प्रदेशको नाम वागमती मान्य नहुने जनजाति तथा आदिवासी संघ, संस्थाहरुले जनाएका छन् । बुधबार हेटौंडाको बुद्धचोकमा १ घण्टा धर्ना दि“दै प्रदेश ३ को नाम नेवाः–ताम्सालिङ राख्न उनीहरुले माग गरेका छन् ।

नेवाः–ताम्सालिङको पक्षमा प्रदर्शन


‘जातीय पहिचान मेट्न पाइँदैन, वागमती नाम चाहिँदैन’ भन्ने जस्ता नाराहरु लगाई नेपाल आदिवासी जनजाति महासंघ र जातीय संगठनहरु सडकमा उत्रिएका हुन् । उनीहरुले बुधबार दिउँसो प्रदेश सभा बस्ने केहि समय अगाडि प्रदेश सभा बाहिर बसेर सांसदहरुलाई नेवाः ताम्सालिङ नाम राख्न आग्रह गरेका छन् । त्यस्तै वागमति मुर्दाबाद भन्दै बागमती नाम बहिष्कार गरी सांसदहरुलाई स्वागत गरेका थिए । उनीहरुले प्रदेशको नाम नेवाः ताम्सालिङ राख्नुपर्छ भन्दै हेटौंडाको बुद्धचोक, सिमाचोक, टिसिएन रोड, बसपार्क हुदै प्रदेशसभासम्म पुगेर नाराबाजी समेत लगाएका थिए ।








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


25077293 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top