29 Jan 2020   |   
logo
स्थानीय तह

नेविसंघको हस्ताक्षर अभियान



स्थानीय तह   342 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः मकवानपुर बहुमुखी क्याम्पसले शिक्षण शूल्कमा वृद्धि गरेको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विरोध जनाउने क्रममा बुधबार हस्ताक्षर अभियान सञ्चालन गरेको छ । तीनदिनदेखि विरोध प्रदर्शन गर्दै आएको नेविसंघले बुधबार क्याम्पस परिसरमा पत्रकार सम्मेलनको आयोजना गरेर हस्ताक्षर अभियान सञ्चालन गरेको जनाएको छ ।



नेवि संघले क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखलाई क्याम्पस प्रवेशमा समेत रोक लगाउने निर्णय गरेको छ । आज बिहिबार सहायक क्याम्पस प्रमुखलाई र भोलि शुक्रबार क्याम्पस प्रमुखलाई क्याम्पस प्रवेशमा रोक्ने कार्यक्रम तय गरिएको नेवि संघ क्याम्पस ईकाइ संयोजक सन्तोष चौलागाईले बताउनुभयो । शिक्षण शूल्क वृद्धिको विरोधमै स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) ले रिले अनसनमा छ । मंगलबारबाट स्ववियूले आमरण अनसन बसिरहेको छ ।








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


25077537 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top