29 Jan 2020   |   
logo
स्थानीय तह

राजधानीको समर्थनमा हेटौंडामा र्याली



स्थानीय तह   56 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः प्रदेश ३ को स्थायी राजधानी हेटौंडा नै कायम गर्ने नेकपा सचिवालयको निर्णयको समर्थन गर्दै हेटौंडा बजारमा दवावमुलक र्याली निकालिएको छ ।

राजधानीको समर्थनमा हेटौंडामा र्याली


दवाव स्वरुप हेटौंडामा क्रियाशील विभिन्न सामाजिक संघसंस्थाले संयुक्त र्याली निकालेका हुन् । हेटौंडाको बुद्धचोकमा जम्मा भएर लोकतान्त्रिक खेलकुद संघ मकवानपुर, युवा संघ, जेसीआई हेटौंडा, जेसीआई हेटौंडा लेडि, हेटौंडा युवा अभियान, हेटौंडा राइडर्स क्लब लगायत ३ दर्जन संघ, संस्थाको सहभागितामा दबाबमुलक र्याली निकालेको हो । र्याली हेटौंडा बजारको विभिन्न भाग हुँदै प्रदेशसभासम्म पुगेको थियो ।








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


25078087 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top