29 Jan 2020   |   
logo
स्थानीय तह

न्यानो कपडा र शैक्षिक सामग्री सहयोग



स्थानीय तह   43 पटक पढिएको   समाज संवाददाता   २०७६ पौष २२ मंगलवार  
हेटौंडाः मनहरी–३, मसिनेमा रहेको चेपाङ प्राथमिक विद्यालयमा नवोदय शिशु सदन अङ्ग्रेजी विद्यालयले न्यानो कपडा तथा शैक्षिक सामग्री सहयोग गरेको छ । नवोदयका सामाजिक विषय सुपरिवेक्षक प्रदीप धितालले चेपाङ प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रजा र प्रधानाध्यापक राजेन्द्र न्यौपानेलाई सोमबार सहयोग हस्तान्तरण गर्नुभयो ।



नवोदयका विद्यार्थी, शिक्षक/शिक्षिका, विद्यालय व्यवस्थापन समिति र अभिभावकबाट संकलन भएको रकमबाट शैक्षिक सामाग्री र २ सय थानभन्दा बढी न्यानो कपडाहरु वितरण गरिएको थियो । कक्षा १ देखि कक्षा ५ सम्म अध्ययनरत १४५ जना विद्यार्थीलाई कपडा र शैक्षिक सामग्री सहयोग गरिएको हो । नवोदय विद्यालयका विद्यार्थीले प्रजा (चेपाङ) समुदायको रीतिरिवाज साथै संस्कृतिको बारेमा जानकारी हासिल गरेका थिए । कार्यक्रममा नवोदयमा कक्षा ५ मा अध्ययनरत ८० जना विद्यार्थीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रजालाई चेपाङ समुदायको बारेमा प्रश्नहरु सोधेका थिए ।








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


25077390 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top