18 Nov 2019   |   
logo
स्थानीय तह

प्रदेश सरकारले शान्ति पार्क बनाउने स्थानीय तहसँग साझेदारीबारे अन्तरक्रिया



स्थानीय तह   42 पटक पढिएको   समाज संवाददाता   २०७६ कार्तिक २१ बिहिवार  
हेटौंडाः प्रदेश नम्बर ३ सरकारले प्रदेशमा शान्ति पार्क बनाउने भएको छ । प्रदेश सरकारले शान्ति पार्कको लागि १० करोड रुपैयाँ बजेट छुट्याएको छ । ३ नम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा स्थानीय तहसँगको साझेदारीमा सञ्चालन हुने कार्यक्रमको प्रस्तावित कार्यविधिबारे बुधबार भएको अन्तरक्रियामा शान्ति पार्कको विषयमा मुख्य छलफल भएको हो ।



छलफलमा शान्ति पार्क निर्माण कार्यविधि तथा मापदण्ड २०७६, इजलास निर्माण सम्बन्धी कार्यविधि २०७६, स्थानीय तहसँग सुरक्षा व्यवस्थापन कार्यविधि र द्वन्द्व प्रभावित परिवारलाई सहायता गर्ने सम्बन्धी कार्यविधि २०७६ का बारेमा विस्तृत छलफल गरिएको छ । प्रदेश नम्बर ३ को आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेलको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मुख्यमन्त्री पौडेलले प्रदेशले बनाउन लागेको कार्यविधिमा जस्तै सुशासन र पारदर्शिताका लागि छलफल गर्नुपर्ने बताउनुभयो । उहाँले शान्ति पार्कको लागि आवश्यक पर्ने जग्गा प्राप्ती र साझेदारीको विषयमा प्रदेश सरकारले सामुदायिक वनहरूसँग सहकार्य गरेर अगाडि बढ्ने, इन्जिनियरस“ग छलफल गरेर पार्कको मोडल तयार पारेर सबैलाई जानकारी गराउने प्रतिवद्धता पनि व्यक्त गनुभयो ।

उहाँले ३ तहको सरकार समन्वय र सहकार्य गरेर अगाडि बढेमात्र उद्देश्यमा पुगिने नत्र अलपत्र हुने बताउनुभयो  । त्यस्तै ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेलले बन्न लागेको शान्ति पार्कले दुरगामी महत्व राख्ने गरी विभिन्न आन्दोलनमा सहिद भएका सबै सहिदहरूको सम्झना हुने गरी पार्क निर्माण गरिने बताउनुभयो । उहाँले पार्कबाट इतिहासको सम्झना, सम्मान र सामाजिक विकासका साथै आर्थिक विकास पनि हुने प्रष्ट पार्दै हालसालै भैरहेको दुर्घटनाका पीडितहरुको सहायताको लागि प्रदेश सरकार गम्भीर भएको र कति सहायता गर्ने निर्णय छिटै लिने बताउनुभयो । कार्यक्रममा प्रदेश ३ का प्रमुख सचिव तोयम राय, प्रदेशका विभिन्न समितिका सभापतिहरु, प्रदेश सांसदहरु, स्थानीय प्रमुख उपप्रमुख तगायतको उपस्थिति रहेको थियो ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17385365 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top