16 Nov 2019   |   
logo
स्थानीय तह

नेकपा राक्सिराङ गाउँ कमिटी गठन



स्थानीय तह   87 पटक पढिएको   समाज संवाददाता   २०७६ भाद्र १९ बिहिवार  
हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिकामा सत्तारुढ नेपाल कम्युुनिष्ट पार्टीको स्थानीय तह कमिटीले पूर्णता पाएको छ । पार्टीको विधान बमोजिम ७५ सदस्यीय गाउँपालिका संगठन कमिटीले पूर्णता पाएपछि सपथग्रहण गराइएको हो । गाउँ कमिटीका सदस्यहरुलाई सपथग्रहण गराउँदै नेकपा केन्द्रीय सदस्य तथा सांस्कृतिक विभाग प्रमुख केदार न्यौपानेले कम्युनिष्ट पार्टीका गतिविधिहरुलाई तीब्र ढंगले अघि बढाउन निर्देशन दिनुभयो ।



नेता न्यौपानेले पार्टी एकताप्रक्रियामा देखिएको शिथिलताले केही समय समस्या देखिएपनि अब पार्टीले कम्युनिष्ट चरित्र, मूल्य र मान्यतालाई जनतामाझ अघि सार्ने बताउनुभयो । दुई ठूला कम्युनिष्ट पार्टी एक हुँदा दुबै पक्षका राम्रा कुराहरुलाई जनतामाझ लगेर मन जित्नुपर्ने आवश्यकता रहेकामा उहाँको जोड थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेकपाका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला सह–इन्चार्ज रामेश्वर रानाले स्थानीय तहको निर्वाचनमा हार खाएको राक्सिराङ गाउँपालिकामा अर्को निर्वाचनमा नेकपा सत्ताधारी दलको रुपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो । अर्की केन्द्रीय सदस्य एवम् जिल्ला सह–इन्चार्ज कुमारी मोक्तानले पनि एकता प्रक्रियापछि अब कुनै भेदभाव नगरिकन संगठन निर्माण र जनताको आधारभूत आवश्यकताहरुको परिपूर्तिका लागि कम्युनिष्ट पार्टी लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला अध्यक्ष मुनु सिग्देल, प्रदेश कमिटी सदस्य तथा प्रदेश सांसद ओमबहादुर ग्लान, सचिव प्रेमबहादुर पुलामी, कार्यालय सदस्यहरु एकालाल श्रेष्ठ, बलराम बल, प्रमिला लामा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने सचिवालय सदस्य लालबहादुर थापाले ७५ सदस्यीय गाउँ कमिटी घोषणा गर्नुभएको थियो । नेकपा राक्सिराङ गाउँ कमिटी अध्यक्ष हस्तबहादुर मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका कमिटीले पूर्णता पाएसँगै अब वडा वडामा प्रशिक्षणात्मक कार्यक्रम आयोजना हुने नेकपाले जनाएको छ । यसअघि नै राक्सिराङ गाउँपालिकामा दुबै पार्टीका सदस्यहरु सम्मिलित वडा कमिटीहरु निर्माण भइसकेको छ ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17214620 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top