16 Nov 2019   |   
logo
प्रदेश समाचार

स्थायी राजधानी हेटौंडालाई नै बनाउनुपर्नेः बानिया



प्रदेश समाचार   1025 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः नेपाली कांग्रेस ३ नम्बर प्रदेशको संसदीय दलका नेता ईन्द्रबहादुर बानियाले चुरेमा नाकाबन्दी गरेर भए पनि प्रदेशको स्थायी राजधानी हेटौंडालाई नै बनाउनुपर्ने बताउनुभएको छ । रणनीति दृष्टिकोणले पनि प्रदेशको राजधानी हेटौंडामै रहनुपर्ने बताउनुहुँदै उहाँले नेकपाले चाह्यो भने प्रदेशको स्थायी राजधानी हेटौंडा बनाउन कसैले छेक्न नसक्ने स्पष्ट पार्नुभयो ।

स्थायी राजधानी हेटौंडालाई नै बनाउनुपर्नेः बानिया


 आज बिहान नेपाल प्रेस युनियनले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुनुभएका नेपाली कांग्रेस मकवानपुरका सभापति समेत रहनुभएका बानियाँले सडक सञ्जाल र प्रदेश सरकारले सुरुङमार्ग समेत बनाएपछि प्रदेश राजधानी हुन हेटौंडा कुनै पनि दृष्टिकोणले अपायक नहुने दावी गर्नुभयो । प्रेस युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारीको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, सचिव बुद्ध लामा, कोषाध्यक्ष्ँ गोपीलाल विश्वकर्मा, प्रवक्ता प्रदीप कोइराला, नगर सभापति आनन्दराम पराजुलीको पनि उपस्थिति रहेको थियो ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17213122 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top