18 Nov 2019   |   
logo
प्रदेश समाचार

माई च्वाईस बिरुद्ध मुद्दा



प्रदेश समाचार   1022 पटक पढिएको   समाज संवाददाता     
हेटौंडा, ९ साउनः हेटौंडा औद्योगिक क्षेत्रमा रहेको मकवानपुर वेभरेज प्रालि बिरुद्ध मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा मुद्दा दर्ता भएको छ । उपभोक्ता हित संरक्षण मञ्च मकवानपुरले मंगलबार प्रालिले उत्पादन गरेको माईच्वाईस पानीमा कमिला भेटिएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा मुद्दा दर्ता भएको हो ।



पानी जस्तो अत्यावश्यक वस्तुका सम्बन्धमा गर्न नहुने काम गरेको भनी मञ्चका तर्फबाट अध्यक्ष बासु खतिवडाले प्रशासनमा मुद्दा दर्ता गर्नुभएको हो । गत साउन ४ गते बजारमा आएको शिल्डसहितको बोतलभित्र मरेको कमिला भेटिएको थियो । हेटौंडा उपमहानगरपालिका–११ का गोकुल लामिछानेले पानी खरिद गर्दा बोतल भित्र मरेको कमिला फेला परेपछि सोहि दिन जिल्ला प्रशासन कार्यालयमा कारबाहिका लागि निवेदन दिनुभएको थियो । त्यस भन्दाअघि पनि संयुक्त बजार अनुगमनका क्रममा उक्त कमपनीको पानीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले पानी पिउन योग्य नभएको भनी पटके कारबाहि गरेको थियो । त्यस्तै सोहि कम्पनीको २० लिटरको जारमा पनि यस अघि मरेको कमिला फेला परेको थियो ।

पटक–पटक कम्पनीको लापरबाहि पाईएकाले उपभोक्ता हितको संरक्षणको माग गर्दै मुद्दा दर्ता गरिएको अध्यक्ष खतिवडाले बताउनुभयो । कम्पनीको उक्त कार्य उपभोक्ता संरक्षण ऐन २०५४ को दफा ६ बमोजिम व्यवस्थित दफा १० बमोजिम उपभोग्य वस्तुमा गर्न नहुने गैरकानुनी एवम् उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गरेको भन्दै उपभोक्ता संरक्षण ऐन २०५४ को दफा १८ को (ग), (घ), (ङ) र (च) नम्बर बमोजिमको कारबाहिको माग गर्दै मुद्दा दर्ता गरिएको उहाँले बताउनुभयो । त्यस्तै मुद्दाको किनारा नलागेसम्म पानीको विक्रि वितरणमा समेत रोक लगाउन माग गरिएको छ ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17387386 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top