29 Jan 2020   |   
logo
शिक्षा

तीनदिने क्षमता विकास तालिम



शिक्षा   310 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः हेटौंडा उपमहानगरपालिका १९ नम्बर वडाले स्थानीय टोल विकास संस्था एवम् क्रियाशील संघ, संस्थाका प्रमुख र कर्मचारीका लागि तीनदिने नेतृत्व एवम् क्षमता विकास तालिमको आयोजना गरेको छ । बैठक सञ्चालन विधि, कार्यक्रम सञ्चालन विधि तथा नेतृत्व र क्षमता विकासका लागि तालिमको आयोजना गरेको बताइएको छ । तालिममा ९८ जनाको सहभागिता रहेको थियो ।



संघसंस्थाको नेतृत्व सम्हालिरहेकालाई थप सक्षम बनाउनका लागि तालिमको आयोजना गरिएको वडा अध्यक्ष नरनाथ सुवेदी ‘नवराज’ले जानकारी दिनुभयो । तालिमका सहभागीलाई हेटौंडा उपमहानगरपालिकाका उपमेयर मीनाकुमारी लामाले प्रमाणपत्र वितरण गर्नुभयो । तालिमले नेतृत्व एवम् क्षमता विकासमा थप मद्दत पुग्ने उपमेयर लामाले बताउनुभयो । भौतिक विकाससँगै क्षमता विकासमा समेत उपमहानगरपालिकाले विभिन्न योजना र कार्यक्रम तयार पारेको उहाँको भनाइ थियो । तीनदिन सञ्चालन भएको तालिममा खुसराज दाहाल, जयराम सुवेदी, महेन्द्र चापागाइँ, नवराज थापा, बसन्तकुमार सिटौला, दीपेन्द्र ढकाल र मनोज सुवेदीले सहजीकरण गर्नुभएको थियो । वडा अध्यक्ष सुवेदीको अध्यक्षतामा भएको तालिमको समापनमा वडा सदस्यहरु इन्दिरा तामाङ, बागसिं स्याङ्तान, शान्ति विक, सामाजिक शिक्षा तथा ग्रामीण विकास संस्था नेपालका अध्यक्ष बालकुमारी डल्लाकोटी, टोल विकास समन्वय समिति हेटौंडा–१९ का अध्यक्ष देवेन्द्र अर्याललगायतको आतिथ्यता थियो ।

तालिमको उद्घाटन भने हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपालबहादुर बगालेले गर्नुभएको थियो । तालिममा वडामा रहेका सामुदायिक वनका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, सहकारीका पदाधिकारी एवम् विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


25077343 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top