28 Jan 2020   |   
logo
शिक्षा

पूर्वाधारले मात्र शिक्षामा गुणस्तर आउँदैनः मेयर महत



शिक्षा   9 पटक पढिएको   समाज संवाददाता   २०७६ पौष २३ बुधवार  
हेटौंडाः हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पूर्वाधारले सम्पन्न भएर मात्र शिक्षामा गुणस्तर नआउने बताउनुभएको छ । हेटौंडा—८, बहादुरगञ्जमा रहेको चन्द्रोदय माध्यमिक विद्यालयको मंगलबार ५५ औं वार्षिकोत्सवको अवसरमा उहाँले यस्तो बताउनुभएको हो । सबैखाले पूर्वाधारहरूले सम्पन्न भएर मात्र शैक्षिक गुणस्तरमा परिवर्तन नहुने हुनाले शिक्षक—विद्यार्थी मात्र नभएर विद्यालय व्यवस्थापन समिति र अभिभावक पनि सक्रिय हुन जरुरी हुने स्पष्ट पार्नुभयो ।

पूर्वाधारले मात्र शिक्षामा गुणस्तर आउँदैनः मेयर महत


सामुदायिक विद्यालयले परिवर्तन ल्याउने समय भएको भन्दै मेयर महतले उपमहानगरको तर्फबाट गर्नुपर्ने सबै किसिमको साझेदारी र सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । विद्यालयको खाजामा जङ्क फुड प्रयोग नगर्न आग्रह गर्दै उहाँले विद्यालय वरपरको पसलहरूमा लागुऔषध नराख्न पनि निर्देशन दिनुभयो । हेटौंडा—८ का वडा अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालबहादुर श्रेष्ठको सभाध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रममा ८ नम्बर वडा सदस्य यशोदा उप्रेती, नेपाली कांगे्रसका अध्यक्ष रत्नमणि बगाले, नेकपाका अध्यक्ष कृष्णबहादुर श्रेष्ठ, विद्यालयका पूर्व अध्यक्षहरू, पूर्व शिक्षकहरू, वडा नम्बर ८ का सम्पूर्ण टोल बिकास संस्थाका अध्यक्षहरू र अभिभावकहरूको उपस्थिति रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालबहादुर श्रेष्ठले विद्यालयको सबै पक्षमा सकारात्मक परिवर्तन आइरहेको भन्दै अबका दिनमा पनि सबैले हातेमालो गरेर विद्यालयको भौतिक, शैक्षिक सबै प्रकारको स्तरोन्नतिमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विद्यालयको ५५ औं वार्षिकोत्सवको अवसरमा २० र २१ गते दौड, सटफुट, कपर्दी, चक्लेट दौड, हिसाब दौड लगायतका प्रतियोगिता आयोजना गरेको थियो । वार्षिकोत्सवमा झरना साहित्यिक परिवार मकवानपुरका संस्थापक अध्यक्ष एवम् विद्यालयका नेपाली भाषा शिक्षक रमेशमोहन अधिकारीले कविता वाचन गर्नुको साथै विद्यार्थीले साहित्यिक रचनाहरु प्रस्तुत गरेका थिए । वार्षिकोत्सवको अवसरमा गत शैक्षिक सत्रमा कक्षा १ देखि १० सम्मका प्रथम, द्वितीय र तृतीय हुन सफल भएका विद्यार्थीलाई र खेलकुदमा पनि प्रथम, द्वितीय र तृतीय हुन सफललाई पुरस्कार वितरण गरिएको थियो ।








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


24987159 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top