29 Jan 2020   |   
logo
शिक्षा

शूल्कवृद्धिको विरोधमा स्ववियूले सुरु गर्यो रिले अनसन



शिक्षा   26 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः मकवानपुर बहुमुखी क्याम्पसले शिक्षण शूल्क वृद्धि गरेको निर्णय फिर्ता हुनुपर्ने माग राख्दै स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) ले आजबाट रिले अनसन सुरु गरेको छ । स्ववियु अध्यक्ष कुमारबहादुर केसीको नेतृत्वमा विद्यार्थी रिले अनसनमा बसेका हुन् । ८/८ घण्टाका दरले ३/३ जना विद्यार्थी रिले अनसनमा बस्ने स्ववियू अध्यक्ष केसीले जानकारी दिनुभयो । क्याम्पस प्रशासनलाई जानकारी गराएर अनसनमा बसेको अध्यक्ष केसीले बताउनुभएको छ ।

शूल्कवृद्धिको विरोधमा स्ववियूले सुरु गर्यो रिले अनसन


    क्याम्पस प्रशासनले भने सात वर्षदेखि शूल्क समायोजन नभएका कारण क्याम्पस सञ्चालनमै समस्या भएपछि शूल्कवृद्धिको विकल्प नभएको स्पष्ट पारेको छ । एकैपटक बृद्धि गर्दा समस्या हुने उल्लेख गर्नुहुँदै क्याम्पस प्रमुख डा. शंकरप्रसाद उपाध्यायले अबदेखि हरेब वर्ष ५ प्रतिशतका दरले शूल्कवृद्धि गर्ने निर्णय पनि सञ्चालक समितिले गरेको जानकारी दिनुभयो । आइतबार क्याम्पस सञ्चालक समितिले मासिक शूल्कमा ६५ प्रतिशत र प्रवेश शूल्कमा सत्प्रतिशत शूल्कवृद्धि गर्ने निर्णय गरेको हो । क्याम्पस सञ्चालक समितिको निर्णयलगत्तै स्ववियु र नेविसंघले पनि आन्दोलन गरिरहेको छ । हिजो सोमबार नेविसंघले क्याम्पस प्रमुख र क्याम्पस सञ्चालक समितिको कार्यकक्ष भएको तल्लामा तालाबन्दी गरिदिएको छ ।







सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


25077850 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top