16 Nov 2019   |   
logo
शिक्षा

२० विद्यालय नमूना कार्यक्रममा



शिक्षा   32 पटक पढिएको   समाज संवाददाता   २०७६ कार्तिक २० बुधवार  
हेटौंडाः शैक्षिक गुणस्तर अभिवृद्धि गरी जिल्लाकै अगुवा नमूना विद्यालयको रुपमा स्थापित गर्ने गरी ३ नम्बर प्रदेश सरकारले २० वटा विद्यालय छनोट गरेको छ । ३ नम्बर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गतको शिक्षा विकास निर्देशनालयले प्रदेशको नमूना विद्यालय विकासका लागि छनोट भएका विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई ३ दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । सोमबार सुरु भई आज बुधबारसम्म चल्नेछ । प्रदेशका १२ जिल्लाका २० वटा विद्यालय नमूना विद्यालय कार्यक्रममा छनोट भएका छन् ।



प्रदेशका १३ जिल्लामध्ये रसुवा जिल्लाबाट एउटा पनि प्रस्ताव नपरेको जानकारी गराउनुहुँदै शिक्षा विकास निर्देनालयका योजना तथा कार्यक्रम शाखाका अधिकृत रुद्रहरी भण्डारीले ६० भन्दा बढी विद्यालयले प्रस्ताव पेश गरेकोमा २० वटालाई मात्रै छनोट गरी कार्यान्वयनको प्रक्रियामा अगाडि बढेको जानकारी दिनुभयो । विद्यालय जाने उमेरका बालबालिकाको विद्यालयसम्मको पहूँच पुगे पनि गुणस्तरीय शिक्षा सुनिश्चित हुन नसकेको ठहर गर्दै प्रदेश सरकारले गुणस्तरीय शिक्षाको सुनिश्चित गर्न नमूना विद्यालय कार्यक्रम सञ्चालन गरेको जनाएको छ । नमूना विद्यालय जिल्लाको नमूना मात्रै नभई अगुवा विद्यालयको रुपमा स्थापित गर्ने योजना प्रदेश सरकारको रहेको अधिकृत भण्डारीले बताउनुभयो । विद्यालयलाई विशिष्टीकृत समेत गर्दै लग्ने योजना प्रदेश सरकारको छ ।

नमूना विद्यालय कार्यक्रममा छनोट भएका विद्यालयले गुरुयोजना बनाएर काम गर्नुपर्ने र त्यसका लागि प्रदेश सरकारले सहयोग गर्नेछ । गुरुयोजना बनाउन प्रतिविद्यालय ६ लाख रुपैयाँ बजेट प्रदान गर्ने र गुरुयोजनाअनुसार भौतिक एवम् शैक्षिक कार्यक्रमका लागि विद्यालयलाई बजेट उपलब्ध गराउने बताइएको छ । मकवानपुर जिल्लाको मनहरी गाउँपालिकास्थित महेन्द्रकिरण मावि र मकवानपुरगढी गाउँपालिकाको भानु माविलाई नमूना विद्यालय कार्यक्रममा छनोट गरिएको छ ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17214274 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top