सांकेतिक तस्वीर ।

हेटौँडा : बागमती प्रदेशको २ जिल्लामा छुट्टाछुट्टै घटनामा एकैदिन २ जनाको मृत्यु भएको छ । प्रदेशको सिन्धुपाल्चोकमा रुखले च्यापिँएर र काभ्रेमा बसको ठक्करबाट आइतबार २ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–३, वाफलमा रुखले च्यापिँएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीय सुक तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार दिउँसो २ बजेको समयमा तामाङ आफ्नै घर नजिकको बारीमा रुख काट्ने क्रममा रुखले च्यापिँदा गम्भीर घाइते भएका थिए । उनलाई उपचारका प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसे लगिएमा चेक जाँच पश्चात चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यस्तै काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, पात्लेखेतस्थित बी.पी. राजमार्गमा बसले ठक्कर दिँदा एक वृद्ध पैदल यात्रीको मृत्यु भएको छ । आइतबार बिहान ९ बजेको समयमा काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ४८०८ नम्बरको बसले ठक्कर दिँदा एक जना वृद्धको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बसको ठक्करबाट स्थानिय ८२ वर्षीय पोटबहादुर कटुवालको घटनास्थलमै मृत्यु भएको थियो । बस चालक रामेछापको मन्थली नगरपालिका–११ का २८ वर्षीय देवराज बुढाथोकीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले नियन्त्रणमा लिएको छ । मुचुल्का पश्चात शव पोस्टमार्टमका लागि धुलिखेल अस्पताल लगिएको छ ।