हेटौंडा : हेटौंडा–४ स्थित श्री मित्रमिलन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार रोयल पार्टी प्यालेसमा संस्थाका अध्यक्ष भोलाप्रसाद शर्मा खरेलको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

८ सय १७ जना शेयर सदस्य भएको यस सहकारीको कुल शेयर पँुजी १ करोड ४२ लाख ५५ हजार ८ सय रुपैयाँ रहेको छ । संस्थाले आर्थिक वर्ष २०८१÷०८२ मा १५ लाख २८ हजार ६ सय ७२ रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षमा संस्थाको खुद ब्याज आम्दानी ३७ लाख १२ हजार ३ सय ५१ रुपैयाँ रहेको थियो । यसैगरी, गत आर्थिक वर्ष २०८१÷०८२ मा संस्थाको जम्मा सञ्चालन आम्दानी ४३ लाख ८१ हजार ९ सय ५६ रुपैयाँ र खुद सञ्चालन आम्दानी ४२ लाख ३२ हजार ६० रुपैयाँ रहेको छ ।

सहकारीले साधारणसभाको अवसरमा असल बचतकर्ता, असल ऋणी र ज्येष्ठ नागरिक सम्मान्नबाट क्रमशः २÷२ जनालाई सम्मानित गरिएको छ । यसैगरी, २०८१ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएका १० जना विद्यार्थीलाई पनि सम्मान गरिएको छ ।