हेटौँडा : मकवानपुरको राक्सिराङ गाउँपालिका-६, सिस्नेपखेरा जंगलमा शिकार खेल्न गएका ५० वर्षीय सेते थिङ आफैं शिकार बनेका छन् । 

आइतबार दिउँसो २ बजेको समयमा राक्सिराङ-८, राजराङ्गका ४५ वर्षीय गोपाल व्लोन र मनहरी गाउँपालिका-६, बालुभञ्ज्याङका ५० वर्षीय सेते थिङ जंगल पसेका थिए । दुबैजनासँग एस/एक थान भरुवा बन्दुक रहेको प्रहरीको भनाई छ। जंगलमा लहरामा अल्झिएर गोपाल लड्दा उनले बोकेको भरुवा बन्दुक पड्किएर पछाडि रहेका सेते थिङलाई लागेर सेते थिङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटना बारे प्रहरीलाई गोपाल व्लोनले नै जानकारी दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीले घटनास्थलबाट दुई थान भरुवा बन्दुक बरामद गरेको छ।