तेक्वान्दो प्रतियोगितामा सहभागी दुई खेलाडी प्रतिस्पर्धा गर्दै ।

हेटौँडा: हेटौँडा–१५, शिखरपानीस्थित गौरी शिखर इंग्लिस स्कूलमा अन्तर विद्यालय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयको वार्षिक खेलकुद महोत्सव अन्तर्गत शनिबार तेक्वान्दो प्रतियोगिता भएको हो ।

प्रतियोगितामा ५१ जना विद्यार्थीहरु सहभागी भएका थिए । विद्यालयमा ८० जना विद्यार्थीले नियमित तेक्वान्दो प्रशिक्षण लिइरहेका छन् । प्रतियोगितामा सहभागी तथा विजेताहरुलाई आज सोमबार आज वार्षिक खेलकुद महोत्सवको समापन कार्यक्रममा मेडल वितरण गरिने विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक तिवारीको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा–१५ की वडा सदस्य पातलीमाया गोम्बाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिका अध्यक्ष लालकाजीरत्न बज्राचार्य, प्याव्सन हेटौँडा उपमहानगर समितिका उपाध्यक्ष श्यामकुमार बानियाँ, सचिव सुदीप राज गिरी, सदस्य शंकर खत्रीको पनि आतिथ्य रहेको थियो ।