लक्ष्मीमाया गोलेको साथबाट बरामद भएको लागूऔषध गाँजा ।

हेटौँडा : प्रतिबन्धित लागूऔषध गाँजासहित मकवानपुरको राक्सिराङ गाउँपालिका–१ की ४५ वर्षीया लक्ष्मीमाया गोले पक्राउ परेकी छिन् । शनिबार दिउँसो ३ बजेर २० मिनेटको समयमा गोलेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–३, लेवटमा शंकास्पद रुपमा हिँडिरहेकी गोलेलाई रोकेर सुरक्षाजाँच गर्दा उनको साथबाट गाँजा बरामद भएको प्रहरीको भनाइ छ । गोलेले बोकेको झोलाबाट २२ किलो ६ सय ग्राम लागूऔषध गाँजा फेला परेको थियो । मकवानपुर जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी कसुरमा म्याद अनुमति लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।