हेटौँडाः मोटरसाइकल दुर्घटना परी चितवन जिल्लाका साजन चेपाङको मृत्यु भएको छ । चेपाङको शनिबार राति उपचारको क्रममा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
शनिबार दिउँसो ५ बजेको समयमा चितवन जिल्लाको कालिका नगरपालिका– ९ सेरवासस्थित भित्री सडक खण्डमा उपरधनगढीबाट सेरवास तर्फ आउँदै गरेको ना ३४ प ४६१७ नम्बरको मोटरसाइकल आँफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक चितवनको इच्छाकामना गाउँपालिका–७ का २४ वर्षिय साजन चेपाङ गम्भीर घाइते भएका थिए । घाइते चेपाङलाई उपचारको लागि सरकारी अस्पताल भरतपुर पठाइएको थियो । शनिबार राति ९ बजेर २४ मिनेटको समयमा डाक्टरले मृत्त घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।










