हेटौँडा : लागूऔषध खैरो हेरोइनसहित हेटौँडा-९ का २२ वर्षीय सुमित थापा मगरलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । 

बिहीबार साँझ ५ बजेर १५ मिनेटको समयमा हेटौँडा-५, सानोपोखराबाट सुमितलाई लागूऔषध खैरो हेरोइन २ ग्राम २७० मिलिग्रामसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीले सुमितले प्रयोग गरेको ना २३ प ४३४ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुमितको साथबाट २४ पोका बनाएर राखिएको अवस्थामा लागूऔषध बरामद भएको हो। पछिल्लो समय प्रहरीले लागूऔषध खैरो हेरोइनसहित युवालाई नियमित जसो पक्राउ गरिरहेको छ ।