हेटौँडा : पूर्व–पश्चिम सडकखण्डमा मकवानपुरको मनहरी गाउँपालिका–७ लचकामा दुई वटा मोटरसाइकल एक–आपसमा ठोक्किंदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । बिहीबार साँझ ५ बजेको समयमा चितवनबाट मनहरीतर्फ आउँदै गरेको बा.प्र.०३–००६ प ४०६८ नम्बरको मोटरसाइकल र मनहरीबाट चितवनतर्फ जाँदै गरेको बा.प्र.०३–००२ प ६३८१ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
दुर्घटनामा ६३८१ का चालक मनहरी गाउँपालिका–७ गोदाम बस्ने ३३ वर्षीय दिपक सुवेदी र ४०६८ का चालक सर्लाही जिल्लाको बागमती नगरपालिका–४ बस्ने ३६ वर्षीय कृष्ण खत्री गंभीर घाइते भएका थिए । दुर्घटनामा घाइते भएका दुबै जनालाई उपचारका लागि मनहरी अस्पताल लगिएको थियो । उपचारका क्रममा साँझ ६ बजेको समयमा कृष्ण खत्रीलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । घाइते दिपक सुवेदीलाई प्राथमिक उपचार पश्चात थप उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको छ ।










