हेटौँडा : मकवानपुरगढी गाउँपालिका–६, गोठदमारस्थित केदार प्रसाद ढकालको काठ र जस्ताले बनेको गाईगोठमा आगलागी भएको छ । मंगलबार ४ बजेर ३० मिनेटको समयमा आगलागी हुँदा ३ लाख बराबरको क्षति भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
आगलागीबाट मानवीय तथा चौपाया क्षति नभए पनि गोठभित्र रहेको अन्नपात तथा काठ जलेर करिब नष्ट भएको थियो । आगो प्रहरी, दमकल तथा स्थानीय सहयोगमा साँझ ५ बजेर २० मिनेटको समयमा पूर्णरूपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।











