हेटौँडा : रामेछाप जिल्लाको सुनापती गाउँपालिका–२, पाँखाटोलमा बाटोमा लडेर घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा ६५ वर्षीय पदमबहादुर मगर रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
यहि मंसिर २ गते राती १० बजेको समयमा शिव मन्दिरमा आयोजित बाला चतुर्दशी मेलामा गएर घर फर्कने क्रममा बाटोमा लडेर मगर घाइते भएका थिए । उनलाई उपचारका लागि मंसिर ३ गते बिहान ललितपुरस्थित पाटन अस्पताल लगिएको थियो । मगरको उपचारको क्रममा मंगलबार बिहान चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।











