सरसफाई गर्दै श्रम संस्कृति पार्टीका कार्यकर्ताहरु ।

हेटौँडा : धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी हेटौंडा समितिले सरसफाई अभियान सञ्चालन गरेको छ । शनिबारदेखि श्रम संस्कृति पार्टीको हेटौँडा उपमहानगरपालिका समितिका उपाध्यक्ष युवराज राईको नेतृत्वमा अभियान सञ्चालन भएको हो ।

शनिबार हेटौँडा–६, चौघडास्थित बंशगोपाल माध्यमिक विद्यालय अगाडिको झाडी लगायत वरपरको फोहोर सफा गरी अभियान सुरू गरिएको समितिले जनाएको छ । स्वच्छ वातावरण र सार्वजनिक स्थानको सौन्दर्य वृद्धि गर्ने उद्देश्यले अभियानमा सञ्चालन गरिएको उपाध्यक्ष राईको भनाइ छ । सोही अवसरमा हेटौंडा–६ मा श्रम संस्कृति पार्टी वडा संगठन पनि विस्तार गरिएको छ । लव देवश राईको संयोजकमा सात सदस्यीय वडा कमिटी गठन भएको छ ।